काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ नेता पदको शपथ लिएकी छन्।

बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराएका हुन्।

असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो।

भण्डारीले वरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि पार्टीको स्थायी कमिटी बैठक औपचारिक रूपमा प्रारम्भ भएको छ।