काठमाडौं,। प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाबाट अवैध लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको हो ।
काठमाडौँको टोखा नगरपालिका–९ गोङ्गबुबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, झापाको गौरीगङ्ज गाउँपालिका–२ बाट दुई, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका–४ कन्चनजङघा टोलबाट दुई पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे चोकबाट एक, मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट एक, मध्यपुरथिमि–५ राधेराधे डेरा गरी बस्ने जुम्ला घर भएका एक जना पक्राउ परेका छन् ।
त्यस्तै, बर्दियाको राजापुर नगरपालिका-१० कोठियाघाट पुलबाट एक, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीबाट छ, इनरूवा नगरपालिका–४ बसचोकबाट तीन, बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट दुई, धरान उपमहानगरपालिका–१३ आदर्श नगरबाट एक, इटहरी उपमहानगरपालिका–१७ पकलीबाट पाँच, इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती मसानघाटबाट तीन, नुवाकोटको विदुर नगरपालिका-९ बाघटारबाट दुई, सिराहाको गोलबजार नगरपालिका-६ गुम्बाटोलबाट एक जनालाई इलाका प्रहरी कार्यालयले जनाएको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्