काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
ट्रयाक खुलेसँगै बिहीबारदेखि उक्त सडक खण्डमा सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउनेछन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले ड्रोनबाट खिचिएको कृष्णभीरको पछिल्लो दृश्य सार्वजनिक गर्दै ट्रयाक खोल्ने काम सकिएको जानकारी गराएको छ।
भदौ १४ गतेदेखि सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा खाद्यान्न, एलपी ग्यास तथा इन्धन आपूर्तिमा समस्या परेको थियो। ट्रयाक खुलेसँगै अब आपूर्ति व्यवस्था सहज हुने अपेक्षा गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्