काठमाडौं । कीर्तिपुरस्थित सुकुमबासीका लागि निर्माण गरिएको होल्डिङ सेन्टरमा पुगेका जेन–जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

डुबानबाट प्रभावित सुकुमबासीहरूको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगेका अन्सारी र उनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रत्यक्षदर्शीका अनुसार प्रहरीले अन्सारीलाई बल प्रयोग गर्दै प्रहरी भ्यानमा राखेर लगेको थियो।

यस घटनाप्रति नेपाल जेन–जी मुभमेन्ट अलायन्सले आपत्ति जनाउँदै पक्राउको विरोध गरेको छ।

प्रहरीले अन्सारीलाई किन नियन्त्रणमा लिइएको हो भन्ने विषयमा औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। घटनाबारे थप जानकारी आउन बाँकी छ।