काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी भएका छन्।
काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन लामिछाने केहीबेरअघि पुगेका हुन्।
कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको थियो। सोही क्रममा रास्वपाका सभापति लामिछाने कार्यक्रममा उपस्थित भएका हुन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्