काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन प्रतिनिधि तथा कार्यकर्ता र्यालीसहित आउने क्रम जारी छ।
उद्घाटन सत्र दिउँसो २ बजे सुरु हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। सहभागीहरू सभास्थलमा भेला हुने क्रम भने जारी छ।
महाधिवेशनमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह सहभागी हुने छैन।
असोज २२ सम्म चल्ने
महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ। तालिकाअनुसार कार्यक्रम यसप्रकार छ:
आज (आइतबार): उद्घाटन सत्र
असोज १९ र २० गते: बन्दसत्र
असोज २१ र २२ गते: निर्वाचन प्रक्रिया



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्