काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्न भइरहेको मतदानको समय दुई घन्टा थपिएको छ। अब प्रतिनिधिहरूले साँझ ५ बजेसम्म भोट हाल्न पाउनेछन्।
यसअघि मतदान दिउँसो ३ बजेसम्म मात्र हुने भनिएको थियो। केन्द्रीय निर्वाचन समितिले सूचना निकालेर समय बढाइएको जानकारी दिएको हो। समितिका सदस्यसचिव राजु कटुवालले उक्त सूचना जारी गरेका हुन्।
किन थपियो समय?
एक जना प्रतिनिधिलाई भोट हाल्न कम्तीमा आधा घन्टा लागिरहेको छ। यसले गर्दा मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेको छ र तोकिएको समयमा मतदान सकिने अवस्था देखिएन।
ढिलाइको मुख्य कारण मतपत्रको संख्या हो। प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यसहित २३ वटा क्लस्टरमा भोट हाल्नुपर्छ।
७ हजारभन्दा बढी प्रतिनिधि मतदाता
मतदान बिहान ७ बजेपछि सुरु भएको थियो। कांग्रेसको नयाँ नेतृत्व छान्न ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्