अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने तयारी गरेको छ।

प्रस्तावित हतियार सम्झौतामा दुई हजार पाउन्ड तौलका करिब ४० हजार शक्तिशाली बम समावेश छन्। सम्झौताअन्तर्गत २० हजार ‘एमके–८४’ र २० हजार ‘बीएलयू–११७’ बम उपलब्ध गराउने तयारी गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित सम्झौता अझै अन्तिम चरणमा पुगेको छैन। यसबारे अमेरिकी संसद्लाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ।

सम्झौताको अधिकांश रकम विदेशी सैन्य वित्तीय सहयोगअन्तर्गत उपलब्ध गराइने बताइएको छ। उक्त रकममार्फत इजरायलले अमेरिकाबाटै यी हतियार खरिद गर्नेछ।

यद्यपि, सम्झौता स्वीकृत भई कार्यान्वयनमा जानुअघि आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।