काठमाडौं । गृह मन्त्रालयले मातहतका ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले २०८३ असोज ८ गतेको निर्णयअनुसार उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो। मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सरुवा भएका कर्मचारीहरूको विवरण सार्वजनिक गरेको छ।
सरुवा हुनेमध्ये अधिकांश जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतलाई कारागारतर्फ र कारागारमा कार्यरत अधिकृतलाई जिल्ला प्रशासन कार्यालयतर्फ पठाइएको छ। उदाहरणका लागि, जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देबालाई डिल्लीबजार कारागारमा सरुवा गरिएको छ।
कसको कहाँ सरुवा भयो भन्ने पूर्ण विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीमा समावेश गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्