सभापति गगन थापाले प्रमुख अतिथिका रूपमा बालाए शेरबहादुर देउवालाई नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निवर्तमान सभापति देउवालाई निमन्त्रणा पठाएका छन्।

शनिबार साँझ सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुगेर सुरक्षाकर्मीमार्फत निमन्त्रणा पत्र बुझाएका हुन्।

देउवा पक्षले छुट्टै महाधिवेशनका कार्यक्रम अघि बढाइरहेका बेला थापाले उनलाई नै महाधिवेशन उद्घाटन गराउने योजना बनाएका छन्। तर, देउवा सहभागी हुने वा नहुने टुंगो लागेको छैन।

कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा भब्यता का साथ सम उद्घाटन हुँदै छ। नया पन्ती र युवा युवती लाइ पार्टीमा समाबेस गरेको जनाएको छ।