काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको धामीले जानकारी दिए। दुर्घटनाको कारण, मृतक तथा घाइतेहरूको पहिचानलगायत अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।