काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान साढे ११ बजेपछि बैठक सुरु भएको हो। बैठकमा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो

जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण घर, सडक, पुललगायतका भौतिक संरचनामा समेत व्यापक क्षति भएको थियो।
यसअघि भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र व्यवस्थापनलगायत विषयमा १० बुँदे सङ्कल्प गरेको थियो।
हालको बैठकमा बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने उपाय र त्यसका लागि आवश्यक राजनीतिक संयन्त्र निर्माण गर्ने विषयमा छलफल भइरहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्