काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको हाल उपचार भइरहेको हो। उपचाररतमध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठको आइसियुमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर युनिटमा उपचार भइरहेको छ।
अस्पतालमा उपचाररत घाइतेमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मिनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ र सिजल थापा क्षेत्री रहेका छन्।
यस्तै सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मोको पनि उपचार भइरहेको छ। भारतीय नागरिक नवलेश शर्माको समेत सोही अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार हालसम्म ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनालाई अन्य अस्पतालमा उपचारका लागि पठाइएको छ।
यस्तै, अस्पतालमा ल्याइएका २५ वर्षीय कुशल मगरको भने उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. सेढाईंले जानकारी दिनुभयो।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्