काठमाडौं।। ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ । गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ ।

ललितपुर र काठमाडौंको सिमानास्थित काठमाडौं महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि उनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको हो । ब्युरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो