काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी भएर अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन्।

उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा आईजीपी कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल ले संयुक्त राष्ट्रसंघका उच्च अधिकारी तथा विभिन्न मित्रराष्ट्रका सुरक्षा अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

उक्त शिखर सम्मेलनमा शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको भूमिकालगायत विषयमा छलफल भएको जनाइएको छ।