काठमाडौँ, २६ असार : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुन प्रतितोला रु २ हजार ७०० र चाँदी प्रतितोला रु १७० ले वृद्धि भएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८७ हजार ४०० कायम गरिएको छ भने चाँदी प्रतितोला रु ४ हजार ५१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार ७०० र चाँदी रु ४ हजार ३४० मा कारोबार भएको थियो। त्यस्तै बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ८७ हजार १०० तथा चाँदी रु ४ हजार ५०० कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४,१२० अमेरिकी डलर र चाँदी ६० अमेरिकी डलर मा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्यमा आएको उतारचढावले स्थानीय बजारमा खरिद–बिक्री गर्ने उपभोक्ता तथा व्यवसायी दुवैलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। विशेषज्ञहरूका अनुसार अन्तरराष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक अवस्थाले सुनचाँदीको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्