मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धनमा वृद्धि हुनेछ। आफन्तहरूबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। बोलीको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ।
शुभ रंग: हल्का पहेँलो | शुभ अंक: ३
वृष (Taurus)
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। धन आर्जनका नयाँ योजनाहरू अगाडि बढ्नेछन्। गोप्य कुराहरू बाहिरिनाले समस्या आउनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ६
मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, हा
अनावश्यक कार्यमा सहभागी भइनेछ। कडा मेहनतले गरिएको कामबाट मात्र लाभ प्राप्त होला। आफू कमजोर भएको अनुभूति हुनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ३
कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यका कारण बनिरहेको कार्यमा बाधा आउनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ।
शुभ रंग: खैरो | शुभ अंक: २
सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय रहेको छ। अरूको झैझगडामा नपर्नुहोस्। बोलीमा प्रभाव बढ्नेछ।
शुभ रंग: हरियो | शुभ अंक: ७
कन्या (Virgo)
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कार्यको रूपरेखा बन्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: १
तुला (Libra)
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यप्रति सजग रहनुहोस्। आफन्तहरूबीच वैचारिक मतभेदको सम्भावना छ। परोपकारी कार्यतर्फ अग्रसर भइनेछ।
शुभ रंग: रातो | शुभ अंक: ३
वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययन वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। पहिले प्राप्त सफलताले थप हौसला जगाउनेछ। स्वास्थ्य सबल रहनेछ।
शुभ रंग: निलो | शुभ अंक: ७
धनु (Sagittarius)
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको कामको चर्चा हुनेछ। पिताको सहयोगले अड्किएको कार्य बन्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ।
शुभ रंग: आकाशे निलो | शुभ अंक: ६
मकर (Capricorn)
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आर्थिक दृष्टिले आजको दिन राम्रो रहनेछ। कानुनी मुद्दा मामिलामा सफलता मिल्नेछ। समयमै कार्यसम्पादन हुनाले मनोबल उच्च रहनेछ। जीवनसाथीसँग मनमुटावको योग छ।
शुभ रंग: रातो | शुभ अंक: ७
कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, दा
व्यापारमा सफलता हात लाग्नेछ। काम गर्ने जोसजाँगरमा कमी आउन सक्छ। पठनपाठन र बौद्धिक स्तरमा प्रगति होला। ठेक्कापट्टाको कार्यबाट राम्रो लाभ मिल्नेछ।
शुभ रंग: हरियो | शुभ अंक: ६
मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कार्यक्षेत्रमा पुरानो समस्या आइलाग्नेछ। अनावश्यक खर्चले मन अप्रसन्न रहनेछ। व्यापार व्यवसायसम्बन्धी योजनाहरू स्थगित गर्नुपर्ला। अध्यात्ममा रुचि बढ्नेछ।
शुभ रंग: सेतो | शुभ अंक: ४



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्