काठमाडौं — नेपाली बजारमा सोमबार (असोज २६) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको छ। योसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गरिन्छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९३.८१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६०.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्