काठमाडौँ – आज २०८३ साल भदौ २२ गते सोमबार अर्थात् सन् २०२६ सेप्टेम्बर ७ तारिख। आज भदौ कृष्ण पक्षको एकादशी तिथि अर्थात् अजा एकादशी व्रत तथा निजामती सेवा दिवस मनाइँदैछ।
हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान शिवको विशेष दिन मानिन्छ। यस दिन भक्तजनले व्रत बसेर भगवान शिवको पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।
शिवलाई समर्पित सोमबारको व्रत सूर्योदयसँगै सुरु हुने र सूर्यास्तपछि समापन गर्ने धार्मिक मान्यता छ। व्रत बसेकाहरूले साँझ आरती तथा पूजा सम्पन्न गरेपछि भोजन गर्ने चलन छ।
सोमबार भगवान शिव र माता पार्वतीको पूजा तथा आराधना गरिन्छ। कुनै पनि पूजाआराधना गर्नुअघि भगवान गणेशको पूजा गर्नुपर्ने धार्मिक मान्यता पनि रहेको छ।
सोमबारको व्रत बस्दा मनोकामना पूरा हुने तथा ज्ञान प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ। विशेषगरी अविवाहित महिलाले असल पति प्राप्तिको कामना गर्दै सोमबार व्रत बस्ने परम्परा समेत रहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्