• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार काठमाडौंमा हुँदै

९ मंसिर २०८२, सोमवार

काठमाडौं,। विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार यही मङ्सिर ११ देखि १३ गतेसम्म नेपालमा हुँदैछ । सन् २०२२ मा ट्युनिसमा भएको सम्मेलनले  काठमाडौंमा दोस्रो सैद्धान्तिक सेमिनार गर्ने निर्णय गरेको थियो ।  सम्मेलनका एसियाली क्षेत्रका संयोजक दुर्गा पौडेलले सैद्धान्तिक छलफलमा विश्वका चार महादेशका २० भन्दा बढी देशका महिला सहभागी हुने जानकारी दिएका थिए । छलफलमा विश्वमा बढ्दो साम्राज्यवादबाट महिलालाई परेको असर, समाजवाद क्रान्तिका लागि महिलाको एकरुपता तथा साम्राज्यवादविरुद्ध महिलाको एकमतलगायत विषयमा सैद्धान्तिक बहस हुने उनले बताएका थिए । 

विभिन्न ६ महिला सङ्गठनको सहकार्यमा सम्मेलन हुन लागेको संयोजक पौडेलले बताउछन् । यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी महिला अधिकारकर्मीले महिलाका समस्या, शोषण र उत्पीडनको मूल कारणका रूपमा साम्राज्यवादी व्यवस्थालाई औँल्याए । रासस

COMMENT

.