
काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ।अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले बताए।
जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा निर्णायकविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको लामाले बताए। जय ट्रफीको एक खेलमा सन्दीपले मैदान भित्रै अम्पायरसँग प्रश्न गरेका थिए । त्यस्तै सामाजिक सञ्जालमा पनि सन्दीपले नेपालमा अम्पायरिङको गुणस्तर नभएको भन्दै प्रश्न उठाएका थिए । उनले नेपालमा गलत अम्पायरिङ हुँदा धेरै खेलाडीले पिडा भोग्नु परेको बताएका थिए ।
सन्दीपले अम्पारिङ सुधार गर्नका लागि क्यानलाई सुझाव दिएका थिए । तर क्यानले उल्टै सन्दीप माथि कारबाही गरेको हो । सन्दीपले केही दिन अघि राष्ट्रिय टोलीबाट सन्यास लिने आशय सहितको स्टाटस पनि लेखेको थिए । त्यसपछि सन्दीपका समर्थकहरुले क्यान र सन्दीपबीच सम्बन्ध राम्रो नभएको आँकलन गरिरहेका थिए ।
सन्दीप नेपालमा अम्पारिङ गलत भइरहेको विषयमा दृढ रहेको उनी निकट स्रोतले बताएको छ । उनले क्यानलाई जवाप दिन र कारबाही पनि भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.