
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको छ । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको हो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए । त्यस्तै भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।
पुलिसका ललित एक्लैले सात विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका हुन् ।
त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा ‘टी ब्रेक’ हुँदासम्म मधेशले ३३ ओभरमा ७ विकेट गुमाएर ९८ रन बनाएको छ ।
अभिषेक तिवारी १० तथा प्रदिप पासवान १ रन बनाएर खेलिरहेका छन् । बागमतीका सन्दीप लमािछानेले ४ विकेट लिँदा नन्दन यादव, प्रतिश जिसी र सुर्य तामाङले १(१ विकेट लिएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम






COMMENT
.