• २३ फागुन २०८२, शनिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

काठमाडौं १ मा कम्युनिस्टको बिजोग, एमाले र नेकपा दुवैको जमानत जफत

२२ फागुन २०८२, शुक्रवार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले जित हासिल गरेको काठमाडौं १ मा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारको जमानत जफत भएको छ ।

सो निर्वाचन क्षेत्रमा रास्वपाकी रञ्जुले १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएका छन् । तर, एमालेका उम्मेदवार मोहनारज रेग्मीले भने जम्मा ३ हजार ९७२ र नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३१५ मत मात्रै ल्याएकी छिन् ।

निर्वाचन ऐनको परिच्छेद १०को विविध खण्डअन्तर्गत दफा ६४ मा पहिलो निर्वाचित हुने प्रणालीअनुसार जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सो व्यवस्था अनुसार काठमाडौं १ मा एमाले र नेकपाका उम्मेदवारको धरौटी जफत हुने भएको हो ।

COMMENT

.