
काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको पहिलो टेस्टमा सफलता पाएको छ। सफलतासँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा छनोट भएको छ। १४८ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ९९ रन बनाउँदा आठौँ विकेट गुमाएको थियो । कासिगो रबाडा र मार्को जेन्सनले टोलीलाई जित दिलाए।
तीन वर्षपछि टेस्ट टोलीमा फर्किएका मोहम्मद अब्बसले ५४ रन खर्चिएर ६ विकेट लिए पनि उनले टोलीको हार टार्न सकेनन्। पाकिस्तानले सन् २००७ यता दक्षिणी अफ्रिकी भूमिमा ८ टेस्टमा पराजयको सामना गरिसकेको छ।
दक्षिण अफ्रिकाले ३७ रनमा ५ विकेट गुमाएपछि पाकिस्तान जितको नजिक देखिएको थियो। पाकिस्तानी बलरले १२ बलको अन्तरमा ४ विकेटको सफलता पाएका थिए। जेन्सनले १६ तथा रबाडाले ३१ रन जोडे। रबाडाले १२ रन अवस्थामा जीवन दान पाएका थिए। सो समयमा दक्षिण अफ्रिकालाई जितका लागि ३२ रन आवश्यक थियो।
पहिलो पारीमा पाकिस्तानले २११ तथा दक्षिण अफ्रिकाले ३०१ रन जोडेका थिए। दोस्रो पारीमा पाकिस्तानले २३७ बनाएको हो। पहिलो पारीमा ८९ रन जोडेका दक्षिण अफ्रिकी कप्तान आइडन म्याक्रम खेलको म्यान अफ द म्याच घोषित भए।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.