काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई ढलेका पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।
अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको हो । अस्पतालका अनुसार उनको आइतबार १२ः४५ मा मृत्यु भएको हो । ब्रेन हेमरेजका कारण उनको मृत्यु भएको बताइएको छ ।
शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । ४५ वर्षीय सिटौला पछिल्लो समय फिल्महरूका मिडिया संयोजकका रुपमा सक्रिय थिए ।
उनले एक सिने अनलाइन पनि सञ्चालन गर्दै आएका थिए । बालेन्द्र समूहमा निकट रहेर सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारका लागि पश्चिम पुगेका थिए ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हट्यो, २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए


COMMENT
.