काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हट्यो, २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए
२१ माघ २०८२, मङ्गलवार


COMMENT
.