• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

७ मंसिर २०८२, शनिवार

काठमाडौं,। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना सख्त घाइते भएका छन् ।

शुक्रबार राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो ।मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।

COMMENT

.