• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

सिमरामा जेन–जीको प्रदर्शन बढेपछि तनाव, फेरि लगाइयो कर्फ्यू

५ मंसिर २०८२, बिहिवार

काठमाडौं,। बारा – सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

परिस्थिति थप बिग्रन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ। आदेश अवधिभर कसैलाई पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधनहरू र पर्यटकका गाडीहरू चल्न दिइएको छ । उता मानव अधिकार तथा कुटनीतिक नियोगका गाडीहरू र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने कार्यालयले जनाएको छ।

COMMENT

.