• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

कुलमानले पार्टी खोल्ने, बालेन र सुमनाको साथ

२२ कार्तिक २०८२, शुक्रवार

काठमाडौं,। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग सहमति नजुटेपछि ऊर्जा मन्त्री कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने भएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उनी “उज्यालो नेपाल पार्टी” दर्ता गर्न लागेका हुन्।हाल मन्त्री भएकाले उनले प्रत्यक्ष रूपमा पार्टीको नेतृत्व लिन नपाउने भएका छन्। प्रारम्भिक रूपमा पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय संयोजक रहनेछन्। घिसिङ निकट जीतराम वाइबाका अनुसार शुक्रबारभित्र निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी छ। वाइबाले भने, “मन्त्री भएकाले अहिले उनको नाममा दल दर्ता गर्न सकिँदैन, तर उज्यालो नेपाल पार्टी घिसिङकै भिजनमा बनेको हो।”

उनले आगामी दिनमा घिसिङले पार्टी नेतृत्व सम्हाल्ने र चुनाव लड्ने बताए। रास्वपासँग लामो वार्ता भए पनि सहमति जुटेन। घिसिङले तीन सर्त राखेका थिए, कार्यकारी सभापति बनाउने, पार्टीको नाममा ‘उज्यालो’ शब्द राख्ने, केन्द्रीय संरचनामा ३०–५० प्रतिशत हिस्सा दिने।तर रास्वपाले यी सर्त अस्वीकार गर्‍यो। पार्टीले घिसिङलाई उपसभापति बन्न आग्रह गरे पनि उनले नमानेपछि अलग्गै जाने निर्णय गरे।घिसिङसँग काठमाडौं मेयर बालेन्द्र शाह, सुमना श्रेष्ठ र सुदन गुरुङ जस्ता नेताहरूको समर्थन रहेको बताइन्छ। बालेनले पनि रवि लामिछानेलाई सभापति पद घिसिङलाई दिन सुझाव दिएका थिए।रास्वपाका प्रवक्ता मनीष झाले भने, “हामी अझै सहकार्यका लागि खुला छौँ, तर आफ्नै बाटोबाट विचलित हुँदैनौँ।”अब रास्वपा चुनाव तयारीमा जुट्दै छ भने घिसिङ पक्ष “उज्यालो नेपाल पार्टी” गठन प्रक्रियामा लागेको छ।

COMMENT

.