काठमाडौं,। रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभएर प्रशासनले नै बाहिर निकालेको बताएका छन् । त्यसरी निकालिनु नियमसंगत नभएको भन्ने कुरा बुझेपछि आफैँ फर्किएको बताएका छन् ।जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगले सोमबार नख्खु कारागारमै गएर भेट्दा लामिछानेले उक्त कुरा बताएका हुन् । त्यहाँबाट लामिछाने विजय यात्राको शैलीमा बाहिरिएपछि देशभरका कारागारबाट कैदी बन्दी भाग्ने लहर नै शुरु भएको थियो ।
आयोग पदाधिकारीहरूको प्रश्न थियो, ‘तपाईँ किन र कसरी यहाँबाट निस्कनुभएको हो रु’ जवाफमा लामिछानेले भने, ‘आफ्नो इच्छाले जेलबाट बाहिरिएको थिइनँ ।’आफू जेलभित्र हुँदा समग्र सुरक्षास्थिति चुनौतीपूर्ण हुने भयो भन्दै आफूलाई तत्कालीन गृह र प्रहरी नेतृत्वले बाहिर पठाएको जवाफ दिएका छन् ।लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पछि म बाहिर गएकोबारे अनेक किसिमका टीकाटिप्पणी भए, त्यो काम अनुचित हो भनेपछि म आफैँ फर्किएँ, मलाई पुलिसले समातेर ल्याएको होइन ।’ यता जेलले बने रवि जेलबाट निस्किएको एक घण्टा पछाडी आफूलाई जबरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो


COMMENT
.