• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

रविले भने : आफ्नै इच्छाले जेलबाट निस्किएको होइन

१९ कार्तिक २०८२, मङ्गलवार

काठमाडौं,। रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभएर प्रशासनले नै बाहिर निकालेको बताएका छन् । त्यसरी निकालिनु नियमसंगत नभएको भन्ने कुरा बुझेपछि आफैँ फर्किएको बताएका छन् ।जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगले सोमबार नख्खु कारागारमै गएर भेट्दा लामिछानेले उक्त कुरा बताएका हुन् । त्यहाँबाट लामिछाने विजय यात्राको शैलीमा बाहिरिएपछि देशभरका कारागारबाट कैदी बन्दी भाग्ने लहर नै शुरु भएको थियो ।

आयोग पदाधिकारीहरूको प्रश्न थियो, ‘तपाईँ किन र कसरी यहाँबाट निस्कनुभएको हो रु’ जवाफमा लामिछानेले भने, ‘आफ्नो इच्छाले जेलबाट बाहिरिएको थिइनँ ।’आफू जेलभित्र हुँदा समग्र सुरक्षास्थिति चुनौतीपूर्ण हुने भयो भन्दै आफूलाई तत्कालीन गृह र प्रहरी नेतृत्वले बाहिर पठाएको जवाफ दिएका छन् ।लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पछि म बाहिर गएकोबारे अनेक किसिमका टीकाटिप्पणी भए, त्यो काम अनुचित हो भनेपछि म आफैँ फर्किएँ, मलाई पुलिसले समातेर ल्याएको होइन ।’ यता जेलले बने रवि जेलबाट निस्किएको एक घण्टा पछाडी आफूलाई जबरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।

COMMENT

.