काठमाडौं,। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् ।डा भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनले देशमा युवा नेतृत्व खोजेकोले बेलैमा मतदाता सूचीमा नाम दर्ता गर्नु पहिलो कदम हुने उल्लेख गरेका छन् ।
उनले देश विदेशमा रहेको सबैलाई नियमअनुसार समयमै नाम दर्ता गर्न आग्रह गर्दै राजनीतिमा उही पुरानै चक्र दोहोरिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै १६ वर्ष गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।यस्तै, निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नु आवश्यक रहेको उनको भनाइ छ । उनले पुरानै ढर्राको निर्वाचन कानूनबाट अघि बढ्ने हो भने पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको बिहा उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ति जस्तो हुने बताएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.