काठमाडौं,। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह यतिवेला पुनः चर्चामा छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण उनको विरोध भइरहेको छ । अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थिए । स्टाटसमा भारत, चीन र अमेरिकालाई अश्लील शब्दमा गाली गरिएको थियो ।
साथै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नाम नै उल्लेख गरेर उनले गाली गरेका थिए । पछिल्लो समय नयाँ दल खोल्ने कि रास्वपाबाट राजनीति गर्ने भन्ने दोधारमा रहेको चर्चाका बिच बालेनले रास्वपाको पनि नाम नै उल्लेख गरेर अश्लील गाली गरेपछि उनी रास्वपासँग पनि टाढिएको चर्चा छ । उक्त स्टाटसका कारण मेयर साह यतिवेला आलोचित बनिरहेका छन् । सामान्य मर्यादाको पनि ख्याल नगरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध प्रतिक्रिया आइरहेका छन् । उनको यो स्टासपछि धेरेले विभिन्न टिप्पणी गरिरहेका छन् ।
यसैबीच शिक्षा मन्त्री महाबीर पुनले सर्को तानेको बेला केही नलेख्न भनेका छन् । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।


COMMENT
.