• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

बञ्चरे डाँडाका स्थानीय भन्छन्ः गोली खाएर मर्न तयार छौं, फोहोरको रोग बसेर बस्दैनौं

१६ कार्तिक २०८२, शनिवार

काठमाडौं,। बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर बोकेका गाडीहरू दुई दिनदेखि रोकेपछि सहरी विकास मन्त्रालयले बोलाएको छलफल सुरु हुने बित्तिकै तनावपूर्ण बनेको छ । बैठकमा काठमाडौं महानरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि स्थानीयहरु आक्रोशित बनेका थिए । काठमाडौंको मेयर नै बैठकमा उपस्थित नभएपछि छलफलको कुनै औचित्य नभएको उनीहरुको तर्क थियो ।

उनीहरुले बालेन समस्याबाट भाग्न खोजेको आरोप लगाएका छन् । स्थानीय युवाहरूले मेयर बालेन शाहको अनुपस्थितिबारे प्रश्न गर्दै आफूहरू गोली खाएर मर्न तयार रहेको, तर फोहोरले रोग लागेर मर्न तयार नरहेको बताए ।  २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले काठमाडौं महानगरपालिकासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका थिए । छलफलमा सहभागी स्थानीय जनप्रतिनिधि र अगुवाहरूले संघीय सरकार र काठमाडौं महानगरपालिकाले समस्यालाई बेवास्ता गरेको भन्दै चर्को विरोध जनाएका छन् ।नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले मन्त्रालयले छलफलका लागि बोलाएको जानकारी दिँदै प्रभावित क्षेत्रका स्थानीय सरकार प्रतिनिधिहरू र स्थानीय अगुवाहरूको सहभागितामा बैठक बसेको बताएका थिए ।

तर बैठक सुरु हुनासाथ स्थानीय प्रतिनिधि निराजन सञ्जेलले ‘अब हामी तपाईंहरूको कुरा सुन्ने अवस्थामा छैन । सहरी विकास मन्त्री आएर भिजिट गर्नुस्, त्यहाँका जनतालाई विश्वास दिन सक्नुहुन्छ रु मेयर बालेन भागेर हिँडेको छ । तपाईंहरूले खेलाँची नसम्झिनुहोस्’ भन्दै आक्रोशपूर्ण भनाइ राखेका थिए । उनले जनतालाई मुद्दा हालेर थुन्ने प्रयास गरेमा राज्यको गोली खाएर मर्न तयार रहेको समेत चेतावनी दिए । उनीहरूले मुख्य सचिव एकनारायण अर्याल, गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत बञ्चरेडाँडाको समस्याबारे थाहा नभएको भन्दै प्रश्न गरेका थिए । युवाहरूले सामुदायिक वनको माटो झिकेर पुरेको र आफूहरूलाई दोस्रो दर्जाको नागरिक सम्झिएको भन्दै ‘इनफ इज इनफ’ भनेर आक्रोश व्यक्त गरे ।

COMMENT

.