• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

काठमाडौंमा हिड्दै जहाज चढेका देउवा दम्पत्ति सिंगापुरमा ह्वीलचियरमा देखिए

१२ कार्तिक २०८२, मङ्गलवार

काठमाडौं,। कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको सिंगापुरमा एक अनौठो दृश्य देखिएको छ । काठमाडौको त्रिभुवन विमानस्थलमा ठमठम हिँडेर जहाजमा चढेका देउवा दम्पत्ति सिंगापुरमा ओर्लने बेलाचाँही ह्वीलचियरमा निस्कीएका छन् । उपचारका लागि भन्दै सोमबार राति काठमाडौंबाट सिंगापुर प्रस्थान गरेका उनीहरू मंगलबार बिहान सिंगारपुर पुगेका थिए ।

जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए। त्यतिबेला आरजु परराष्ट्रमन्त्री थिइन्। सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन्।त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए। त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए।अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ। 

COMMENT

.