• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

महाविर पुनले महेश बस्नेतलाई दिए कडा जवाफ

१ कार्तिक २०८२, शुक्रवार

काठमाडौं,। नेकपा एमालेका नेता महेश बस्नेतलाई शिक्षा मन्त्री महावीर पुनले गत्तिलो झापड हिर्काएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पुनले उनलाई धेरै हावा कुरा नगर्न चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘ महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शम्सेरको दरवारमा बसेको छु जहा मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर।

मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर म संगै छ त अहिले सम्म । खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ ।’ महाविरको यो स्टाटसमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् भने महेश बस्नेतप्रति आक्रोशित भएका छन् । उनलेको आलोचना गर्दै धेरैले उनलाई गाली समेत गरेका छन् । यसअघि नेता बस्नेतले सेवा सुविधा नलिने घोषणा गरेका मन्त्रीहरूसँग मन्त्री सरहको घर–गाडी रहेको आरोप लगाएका थिए।

उनले अहिलेका अर्थमन्त्री रामेश्वर खनाल देखि महावीर पुनसम्मलाई तार्गेटमा राख्दै सुविधा नलिए कहाँबाट के खान्छौं कसरी व्यवस्थापन गर्छौ भन्दै प्रश्न गरेका थिए । अझ बस्नेतले यसरी सुविधा लिँदैन भन्नेहरुले पहिले अकुत सम्पति आर्जन गरेको पनि आरोप लगाएका थिए ।  उनका यस्ता आरोपको खण्डन गर्ने गरि महावीर पुनले सामाजिक सञ्जाल मार्फत एक मुष्ट जवाफ फर्काएका हुन् । यसो त महावीर पुन पछिल्लो समय मन्त्रालयकै काममा व्यस्त छन् । सादा जिवन उच्च बिचारका धनीका रुपमा चिनिने महाविर पुनले मन्त्री भएपछि सरकारी सुरक्षा समेत लिएका छैनन् ।

उनी दशै मान्नका लागि पोखरा सार्वजनिक बसमा चढेर एक्लै पुगेका थिए । अहिले पनि आफ्ना लागि चाहिने तरकारी देखिका सामान किन्न महाविर एक्लै सडकमा निस्किने गरेका छन् । उनले सेवा सुविधा केही पनि नलिने बताइसकेका छन् । मन्त्रालयमा हुँदा सम्म सुरक्षा कर्मीको साथमा बस्ने तर त्यहाँबाट निस्किएपछि आफ्नो पिछा नगर्न उनले सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको छन् । 

COMMENT

.