• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

उदयपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

२७ असोज २०८२, सोमवार

कटारी,। उदयपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आज जिल्लाको त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पतल गाईघाट लगिएको थियो । उपचारका क्रममा चिकित्कसले चौधरीलाई मृत घोषणा गरेका हुन् । ट्याक्टर चालक स्थानीय २४ वर्र्षीय धर्मेन्द्र राजधामी घटनापश्चात् फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । ट्याक्टरधनी ४० वर्षीया रामनिवास राजधामीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।रासस

COMMENT

.