• २६ असोज २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

मोटरसाइकल दुर्घटनामा मृत्यु

२६ असोज २०८२, आइतवार

काठमाडौं,। काठमाडौंको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौं कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिएका थिए ।

उनले भने, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।” रासस

COMMENT

.