
काठमाडौं,। मेडिकल व्यवसायी दुर्गा प्रसाईले विदेशी शक्तिको आडमा देश चलाउनेहरूविरुद्ध छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वाभिमान, धर्म र संस्कृतिको रक्षा गर्न सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन्।
प्रसाईले देशमा भ्रष्टाचार र विदेशी प्रभाव बढ्दै गएको आरोप लगाउँदै शीर्ष नेताहरू — केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आरजु राणालगायतलाई पक्राउ गरी कानुनी छानबिन गर्न माग गरेका छन्। उनका अनुसार यी नेताहरूविरुद्ध उठेका गम्भीर प्रश्नहरूको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेछ।
‘देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्ट र लुसिफरजस्ता विनाशकारी विचार बोकेका व्यक्तिहरूलाई देशबाट हटाउनु जरुरी छ,’ प्रसाईले लेखेका छन्। उनले राजा, धर्म र संस्कृतिविहीन राष्ट्र दिशाहीन हुने भन्दै परम्परा र आस्थालाई देशको वास्तविक शक्ति भनेका छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा



राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका

दुर्गा प्रसाईले विदेशी शक्तिको आडमा देश चलाउनेहरूविरुद्ध छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी





COMMENT
.