• २४ असोज २०८२, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने

२४ असोज २०८२, शुक्रवार

काठमाडौं,। मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।आगामी कात्तिक १ देखि  ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुवरले सहभागिता जनाउने नेपाल क्रिकेट सङ्घ ९क्यान० का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।  

नेपाली महिला टोलीले यसअघि पनि मलेसियामा नै सुपर वुमन सिरिज खेलेको थियो । त्यसपछि नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपाली महिला टोलीले ३–२ ले जितेको थियो । रासस

COMMENT

.