
काठमाडौं,। बलिउड स्टार जोडी कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्ने भएका छन्। दुवैले इन्स्टाग्राममार्फत चाडै बुवाआमा बन्न लागेको घोषणा गरेका हुन्। सेप्टेम्बरदेखि कट्रिना गर्भवती भएको खबर फैलिएको थियो। यसैबीच, बेबी बम्पको तस्विर राख्दै गर्भवतीको खबरलाई औपचारिक रुपमा पृष्टि गरे।
सार्वजनिक तस्विरमा विक्कीले कैट्रिनाको बेबी बम्पलाई बिस्तारै समातिरहेको देख्न सकिन्छ। साथै क्याप्सनमा लेखिएको छ, ‘आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्ने बाटोमा।’ कट्रिना र विक्कीले सन् २०२१ मा बिहे गरेका थिए। बिहे भएको चारवर्षपछि उनीहरूले सन्तानलाई स्वागत गर्न लागेका हुन्।यो खबरसँगै भारतीय सेलिब्रेटीहरूदेखि फ्यानहरूले उनीहरूलाई बधाई दिइरहेका छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.