• २५ असोज २०८२, शनिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

नेतृत्वको आलोचना नगर्न एमाले महासचिवको निर्देशन

३० भदौ २०८२, सोमवार

काठमाडौं,। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रदेश र जिल्ला तहका नेताहरूसँग छलफल गरेका छन् ।आइतबार प्रदेश र जिल्लाका उपलब्ध नेताहरूसँगको भर्चुअल छलफलमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न सुझाव दिँदै पार्टी गतिविधिहरू पनि नरोक्न निर्देशन दिएका हुन् ।पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विकसित घटनाक्रमबारेमा महसचिवले ब्रिफिङ गरेको जानकारी दिए ।

‘पहिला त हाम्रा पार्टी कार्यालय भवनहरू कहाँ कति क्षति भएको छ, त्यसको संकलन गर्ने भन्ने कुरा भएका छन्,’ निरौलाले भने, ‘दोस्रो, पार्टी गतिविधिहरू पनि गर्दै जाने भन्ने भएको छ ।’महासचिव पोखरेलले क्षति भएका ठाउँको मुचुल्का उठाएर मात्र सरसफाइ गर्न भनेका उनको भनाइ थियो । त्यसक्रममा नेतृत्वको आलोचना नगर्न र बाँकी कुरा पछि बसेर छलफल गर्न सकिने महासचिवले कुरा राखेका निरौलाले बताए ।भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश र जिल्ला पार्टी कार्यालय आगजनी र तोडफोड भएको एमालेले जनाएको छ । पछिल्लो आन्दोलनपछि एमालेभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने दबाब सिर्जना हुन थालेको छ । 

COMMENT

.