• २५ असोज २०८२, शनिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

सुशीला कार्कीविरुद्ध सुदन गुरुङको समुहनै आन्दोलित

३० भदौ २०८२, सोमवार

काठमाडौं,। मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् । सो क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा नै माग्न भ्याए । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएर उनीहरुले नाराबाजी गरेका हुन् । सो क्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’

प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपतिले तीन मन्त्री नियुक्त गरेका थिए । जसको आज शपथ हुने भनिएकामा त्यसअघि गुरुङ समूहले आक्रोश पोख्दै नाराबाजी गरेको हो। विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोमा उनीहरुको आक्रोश देखिएको छ । यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरिएको छ।  तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै आक्रोश पोखेका हुन् । 

COMMENT

.