• २५ असोज २०८२, शनिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

देउवामाथिको हातपात जघन्य अपराध नेता कोइराला

२८ भदौ २०८२, शनिवार

काठमाडौं,। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गरेका छन् ।उनले जेन–जी आन्दोलनले ल्याएको नयाँ राजनीतिक सम्भावनालाई आत्मसात गर्दै कांग्रेसले भावी दिनमा जनताको विश्वास जित्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।कोइरालाले भनेका छन्, ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस समर्पित हुनेछ भन्ने प्रण गर्छौँ ।

जेन–जी आन्दोलनको ऊर्जा र चेतनाले दुई ठूला दललाई सत्ताबाट बाहिर पठाएको यथार्थलाई आत्मालोचनासहित कांग्रेसले नयाँ दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनले बताएका छन् ।भाद्र २४ गते आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको हातपात र लुटपाटलाई उनले ‘जघन्य अपराध’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।त्यस्तै, भाद्र २३–२४ गते भएको सार्वजनिक सम्पत्ति नष्ट गर्ने गतिविधिलाई उनले कुनै हालतमा स्वीकार्य नभएको बताए ।

उनले कांग्रेसका अगुवा नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको योगदान स्मरण गर्दै पार्टीले नयाँ परिस्थितिमा नेतृत्व, सङ्गठन र विचारमा नयाँपन ल्याउनुपर्ने आवश्यकतामा जोड दिए । दशैँलगत्तै देशव्यापी छलफल र बहसमा सहभागी हुने योजनाबारे पनि उनले जानकारी गराए ।

COMMENT

.