• २३ भदौ २०८२, सोमवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

अघिल्लो वर्षबाट तिर्न थालेका थिए फेसबुकलगायत सामाजिक सञ्जालहरूले कर

२० भदौ २०८२, शुक्रवार

काठमाडौं,।सरकारले बिहीबार फेसबुक, ट्विटरसहितका सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरुलाई नेपालमा निष्क्रिय बनाउने निर्णय गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यो निर्णयसँगै अब नेपालमा संसारभर लोकप्रिय धेरै सामाजिक सञ्जालहरु नेपालमा निष्क्रिय हुने भएका हुन्। मन्त्रालयले २०८० मंसिरमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा सूचीकृत हुन बोलाएको थियो।सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० कार्यान्वयनमा आएपछि ३ महिनाको समय दिएर सूचीकरण हुन भनेपछि फेसबुकलगायतका १३ कम्पनीले ठूला करदाता कार्यालयमा दर्ता भएका थिए।सामाजिक सञ्जालसहित डिजिटल सेवा दिने कम्पनीहरुले डिजिटल सर्भिस ट्याक्स शीर्षकमा कर तिर्दै आएका छन्।

आन्तरिक राजस्व विभागका अनुसार दर्ता हुन आएकै वर्ष डिजिटल सर्भिस ट्याक्स शीर्षकमा ७० लाख रुपैयाँ कर उठेको थियो। सञ्चार मन्त्रालयमा यी ५ सामाजिक सञ्जाल मात्रै सूचीकृत, २ वटा प्रक्रियामा, अरु निष्क्रिय हुने विद्युतीय सेवा करसम्बन्धी कार्यविधि २०८१ अनुसार नेपालमा दर्ता नभएका कम्पनीहरुले पनि सेवा खरिदबिक्री गरेमा कर अनिवार्य तिर्नुपर्ने व्यवस्थाअनुरुप फेसबुकलगायतका १३ वटा डिजिटल सर्भिस दिने कम्पनीहरुले कर तिरेका थिए।

ठूला करदाता कार्यालयका अनुसार फेसबुक, ह्वाटस्एप, इन्स्टाग्रामका प्रोडक्ट बेच्ने कम्पनी मेटा, गुगल, माइक्रोसफ्ट कार्यालयमा दर्ता भए पनि सञ्चार मन्त्रालयको सूचीकरणमा भने आएका थिएनन्।हाल ५ सामाजिक सञ्जाल मन्त्रालयमा सूचीकृत भएका छन्। मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार टिकटक, विटक, भाइबर, पोपोलाइभ र निम्बज सूचीकृत भएका छन्। त्यसैगरी टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा रहेको उनको भनाइ छ। 


COMMENT

.