• १९ भदौ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

सुर्खेतमा होलट ब्यवसायीको यौनधन्दा, १३ जना पक्राउ

१५ भदौ २०८२, आइतवार

काठमाडौं,। सुर्खेतमा गाँउबाट पढ्न झरेका कलिला युवतीहरुलाई यौनजन्य गतिविधिमा जबरजस्ती लगाउने गरेको पाइएको छ । वीरेन्द्रनगरमा अवैध यौनजन्य गतिविधि सञ्चालन गरेको आरोपमा तीन होटलका सञ्चालक सहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक डीएसपी मोहनजंग बुढ्थापाका अनुसार शुक्रबार साँझ वीरेन्द्रनगर–६ स्थित विभिन्न होटल तथा रेस्टुरेन्टमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको हो ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उक्त क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टमा आकस्मिक जाँच गरेको थियो ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर’ अन्तर्गत थप अनुसन्धान भइरहेको डीएसपी बुढ्थापाले बताए ।उनका अनुसार, वीरेन्द्रनगर–६ स्थित भूमिका रेस्टुरेन्ट एन्ड लजबाट सोही रेस्टुरेन्टका सञ्चालक दैलेख नौमुले गाउँपालिका–१ का ५२ वर्षीय भक्ति राम जैसी, वीरेन्द्रनगर नगरपालिका–३ का २६ वर्षीय कविप्रसाद पौडेल, र जाजरकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ मा बस्दै आएकी २६ वर्षीया दिक्षा ठकुरीलाई नियन्त्रणमा लिएको छ ।त्यस्तै, आँगन होटलबाट डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय मनचन्द्र सार्की, सोही स्थानका १९ वर्षीय मनरुप सार्की, १९ वर्षीय कृष्ण सार्की, र दैलेख गुराँस गाउँपालिका–३ की १९ वर्षीया हिमा बुढा क्षेत्री पक्राउ परेका छन् ।प्रहरीले सुरेश होटलकी सञ्चालक जाजरकोट जुनिचाँदे गाउँपालिका–९ की ३४ वर्षीया देविका शाही र सुर्खेत बराहाताल गाउँपालिका–४ की २१ वर्षीया अमृता मगरलाई पनि नियन्त्रणमा लिएको छ ।

यसैगरी, घिमिरे होटलबाट अछाम साँफेबगर नगरपालिका–४ का ४५ वर्षीय लोक बहादुर दियाली, होटलका सञ्चालक वीरेन्द्रनगर नगरपालिका–६ का २७ वर्षीय कृष्णबहादुर घिमिरे, वीरेन्द्रनगर नगरपालिका–१० की १७ वर्षीया रितु थापा, र कालिकोट सानीत्रिवेणी गाउँपालिका–७ का १५ वर्षीय सञ्जु विश्वकर्मालाई पक्राउ गरिएको डीएसपी बुढ्थापाले जानकारी दिए ।पक्राउ परेका १३ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

COMMENT

.