
काठमाडौं, ८ असार – मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम ओभलमा भर्खरै भएको टसमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्दैछ । एसियाली क्रिकेट परिषद् ९एसिसी०को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.