
काठमाडौं - स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि नेपालले तेस्रो सुपर ओभरमा पुगेर हार व्यहोरेको छ। तेस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाउँदा कुनै रन बटुल्न सकेन। नेदरल्यान्ड्सले १ रनको लक्ष्य पहिलो बलमा नै छक्का प्रहार गर्दै तेस्रो सुपर ओभरमा पुगेर जित दर्ता गरेको हो।तेस्रो सुपर ओभरको पहिलो बलमा नै कप्तान रोहित पौडेल क्याच आउट हुन पुगे। क्रिजमा रुपेश सिंह आए ।
उनले दोस्रो र तेस्रो बल डट राखे। चौथो बलमा सिंह पनि पेभेलियन फर्के। पहिलो सुपर ओभरमा १९ रन भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपालले २ विकेट गुमाएर १७ रन बनाएको थियो। जावफमा नेपालले पनि १७ रन नै बनाएपछि खेल तेस्रो सुपर ओभरमा धकिल्लीएको थियो । आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । खेल साँझ पौने आठ बजे सुरु हुने छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.