काठमाडौं।। किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान कायम गरेका छन् । गएराति भएको विश्वकपको तेस्रो स्थानका लागि भएको रोमाञ्चक भिडन्तमा इङ्गल्यान्डसँग फ्रान्स ६–४ ले पराजित भएको खेलमा उनले यो कीर्तिमान बनाएका हुन् ।

शनिबार मियामीमा भएको खेलमा पराजित भएसँगै फ्रान्सले चौथो स्थानमा चित्त बुझाएको छ भने इङ्गल्यान्डले तेस्रो स्थानसहित कांस्य पदक पक्का गरेको छ ।

२७ वर्षीय फ्रान्सेली कप्तान एमबाप्पेका लागि यो खेल ऐतिहासिक बन्यो । पहिलो हाफमा ४–० ले पछि परेको फ्रान्सलाई खेलमा फर्काउन उनले दोस्रो हाफको सुरुवातमै ९४८औं मिनेटमा० गोल गरे । त्यसको ६ मिनेटपछि ब्राड्ली बार्कोलाले फ्रान्सका लागि दोस्रो गोल थपे ।

खेलको ६६औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वकप इतिहासमै सबैभन्दा धेरै २२ गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए । जारी विश्वकप २०२६ मा उनको यो १०औं गोल हो ।

यो गोलसँगै एमबाप्पे गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि कडा रूपमा प्रस्तुत भएका छन् । यो उपाधिका लागि उनी र मेसीबीच प्रतियोगिताभरि तीव्र प्रतिस्पर्धा चलिरहेको छ । ३९ वर्षीय अर्जेन्टिनी स्टार मेसीका लागि सोमबार बिहानका राति स्पेनविरुद्ध हुने फाइनल खेल एमबाप्पेलाई पछि पार्ने अन्तिम अवसर हो ।

खेलमा फ्रान्सका तर्फबाट ओसमाने डेम्बेले(छैटौँ विश्वकप गोल)ले चौथो गोल थपेका थिए । यता इङ्गल्यान्डका लागि बुकायो साकाले सानदार ह्याट्रिक गरे भने जुड बेलिङ्घमले खेलको अन्त्यतिर छैटौँ गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यस गोलसँगै बेलिङ्घम जारी विश्वकपमा ७ गोल गर्दै एकै संस्करणमा इङ्गल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।