अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु गरिएको छ।

लगातारको वर्षाका कारण घट्टेखोलामा बाढी आएपछि बगेर आएको लेदो, ढुङ्गा, गिट्टी र बालुवा मर्स्याङ्दी नदीमा थुप्रिँदा नदीको बहाव अवरुद्ध भएको थियो। नदी थुनिएपछि माथिल्लो भागमा पानी जम्मा भई ताल बनेको थियो।

नदी थुनिएर बनेको ताललाई खोल्ने काम थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

ताल फुटेर तल्लो तटीय क्षेत्रमा क्षति पुग्न सक्ने जोखिम कम गर्न नदीको बहाव नियन्त्रित रूपमा खोल्न लागिएको हो। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।