सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्यमा पनि १२० रुपैयाँको वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो ।